Skip to main content

Posts

चिनको अर्को चमत्कार : जंगलै जंगलको हरियो शहर !

काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ । सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ । २०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ । काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्व
Recent posts

नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने

नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्

रातो पासपोर्ट देखाएर सुटुक्क अमेरिका उड्न लागेका ‘मान्य’ज्यूको एयरपोर्टमा बेइज्जत

काठमाण्डु, १२ पुस– व्यवस्थापिका संसदका सदस्य तथा त्यसका पदाधिकारीहरुले ‘पूर्व’ भएको एकसाताभित्र राज्यले दिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) लगायतका सरकारी सुविधा फिर्ता गर्नुपर्ने नियम छ । तर, हाम्रा सांसदहरुले भने अझैसम्म यस्ता सुविधा फिर्ता गरेका छैनन् । धेरैजसो सांसद रातो पासपोर्ट खल्तीमै बोकेर हिँडिरहेका छन् । तीमध्यकै एक हुन्, कांग्रेस ललितपुर सभापति एवं पूर्व सांसद मदनबहादुर अमात्या । यसअघि ललितपुर–३ बाट विजयी आमात्य यसपटक नराम्रोसँग पराजित भए । उनीमात्र होइन ललितपुरमा कांग्रेस निल भयो । यस्तोमा जिल्ला सभापतिको नाताले यसको केही दोष र आलोचना उनीमाथि थोपरिनु स्वभाविक हो । कार्यकर्ता र नेताबाट हारको समीक्षा माग भइरहेको छ । तर, अमात्या भने त्यसको बेवास्ता गरी सुटुक्क अमेरिका हानिने सुरमा थिए । त्यो पनि रातो पासपोर्टको दुरुपयोग गरेर । स्रोतका अनुसार अमात्या हाईफाईका साथ रातो पासपोर्ट हल्लाउँदै एरपोर्ट पुगेका थिए । उनको गन्तव्य थियो अमेरिका । तर, अध्यागमन विभागले उनलाई घर फिर्ता पठायो । अध्यागमनका कर्मचारीसँग उनले हारगुहार नगरेका पनि होइनन् । तर, केही नलागेपछि पूर्व मान्यज्यू

उत्तर कोरिया युद्धको अन्तिम तयारीमा, छिमेकी देशहरु त्रासमा, उत्तर कोरियाको नजरमा सबैभन्दा पहिले हमला गर्ने ठाउँ….

धेरै मानिसहरुको ध्यान उत्तर कोरियाको आणविक महत्वाकांक्षा र विशेष गरि उसले अमेरिकासम्म मार हान्न सक्ने आणविक हतियार विकास गरिएको भनिएको माथि नै रहेको छ । तर छलफलहरुमा एक कुरा भने हराइरहेको छ । उसको आणविक क्षमता बाहेकको उसको बलियो सैन्य क्षमताको बारेमा भने कतै पनि चर्चा भएको पाँइदैन । आइतबार बिहान अमेरिकाको रक्ष सचिव जिम माटिसले भने उत्तर कोरियाको संकट समाधानको लागि गरिने कुनै पनि सैन्य समाधान धेरै नै वियोगान्त रुपले विश्वास नै गर्न नसकिने खालको क्षति हुनेछ । त्यसैले कुटनीतिक समाधान नै एकमात्र विकल्प हो । हामीलाई उत्तर कोरियाको सैन्य क्षमताको बारेमा के थाहा छ त ? निक बिस्ले, लाट्रोब एसियाको कार्यकारी निर्देशक र अष्ट्रेलियन जर्नल अफ इन्टरनेशनल अफेयर्सको प्रधान सम्पादक भन्छन् , उत्तर कोरियामा किम वंश पछि सेना दोेस्रो महत्वपूर्ण संस्था हो । देशको पुरै अर्थतन्त्र र देशको उद्धेश्य नै सेना बलियो बनाउने रहेकोले यस देशको सेनाको धेरै ठूलो क्षमता रहेको छ । साँढे दुई करोड जनसङ्ख्या भएको मानिने उत्तर कोरियाको सैन्य सङ्ख्या एसियाको दोस्रो ठूलो सेना हो चीनभन्दा पछि । कोरिया प्रोफेसर बिस्ले भ

‘ताइवानलाई लिएर भारत आगोसँग खेल्दैछ’

पछिल्लो समझदारीबारे भारतीय कूटनीतिज्ञहरुको टिप्पणीलाई उद्धृत गर्दै उसले भारतको चर्को आलोचना गरेको छ। ग्लोबल टाइम्सले लेखेको छ, "भारतीय प्राज्ञहरुले पछिल्लो समझदारीलाई दुई देशबीचको आवश्यक राजनीतिक तथा रणनीतिक सम्बन्ध भनेका छन् जबकि ताइवानको प्रश्न कुनै सरकारी स्तरको मुद्दा होइन। कतिपय भारतीयहरुले मोदी सरकारलाई 'ताइवान कार्ड' प्रयोग गर्न सल्लाह दिइरहेका छन् जुन भारत-चीन सम्बन्धका लागि खतरनाक साबित हुन सक्छ।" "खासमा ताइवान कार्डको प्रयोग गर्दा भारत यो कुरा बिर्सन पुग्छ कि ऊ आफैँ कैयौँ संवेदनशील मुद्दाको सामना गरिरहेको छ, भारतले यो कुरा सम्झनुपर्छ कि आफ्नो चीन नीतिबारे लक्ष्मणरेखा पार गरे त्यसलाई उसले थेग्न सक्दैन।" उसले अगाडि लेखेको छ, "भारत ताइवानबाट लगानी आकर्षित गर्न लालायित छ तर ताइवानी राष्ट्रपति साइ यिङ-वेनका राजनीतिक उद्देश्यहरुलाई लिएर सतर्क रहन आवश्यक छ। दुई पक्षबीचको यो सम्बन्ध आर्थिकभन्दा राजनीतिक बढी छ।"

रानीपोखरी विवादः उपमेयर पुग्दा ताला लाग्यो, मेयरले तोडे

११ पुस, काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् । लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् । रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् । के भन्छन् मेयर र उपमेयर ? रानीपोखरी पुनर्निर्माणलाई लिएर मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् । उपमेयर खड्गीले मेयर शाक्यले आफूहरुसँग परामर्श नगरेको गुनासो मात्र गरिनन्, काम रोक्नु पर्ने मत राखिन् । ‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसा’बले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको

प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु प्रकरण बारे डिआईजी रमेश खरेलको आयो एक्कासी यस्तो निर्णय,

काठमाडौं– कालिकोटमा प्रहरीको गोली लागेर एक म्यादी प्रहारीको मृत्यु भएको घटनाको छानबिनका लागि सरकारले टोली गठन गरेको छ। शुक्रबार प्रहरीसँगको झडपमा मयादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि गृहमन्त्रालयले शनिबार छानबिन समिति समेत गठन गरेको हो। गृहका सहसचिव डा. मान बहादुर बिश्वकर्मा संयोजकत्वमा गठीत छानबिन समितिमा समितिमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रबीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ छन्। समितिलाई एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुुझाउन म्याद दिइएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए। यसैगरी, गृहमन्त्रालयले ज्यान गुुमाएका म्यादी प्रहरीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। झडपमा घाइते भएकाहरुको समेत निशुल्क उपचार गर्ने निर्णय गृहले गरेको छ। सेवा सुविधाको विषयलाई लिएर शुक्रबार म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो।