काठमाण्डु, १२ पुस– व्यवस्थापिका संसदका सदस्य तथा त्यसका पदाधिकारीहरुले ‘पूर्व’ भएको एकसाताभित्र राज्यले दिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) लगायतका सरकारी सुविधा फिर्ता गर्नुपर्ने नियम छ । तर, हाम्रा सांसदहरुले भने अझैसम्म यस्ता सुविधा फिर्ता गरेका छैनन् । धेरैजसो सांसद रातो पासपोर्ट खल्तीमै बोकेर हिँडिरहेका छन् । तीमध्यकै एक हुन्, कांग्रेस ललितपुर सभापति एवं पूर्व सांसद मदनबहादुर अमात्या । यसअघि ललितपुर–३ बाट विजयी आमात्य यसपटक नराम्रोसँग पराजित भए । उनीमात्र होइन ललितपुरमा कांग्रेस निल भयो । यस्तोमा जिल्ला सभापतिको नाताले यसको केही दोष र आलोचना उनीमाथि थोपरिनु स्वभाविक हो । कार्यकर्ता र नेताबाट हारको समीक्षा माग भइरहेको छ । तर, अमात्या भने त्यसको बेवास्ता गरी सुटुक्क अमेरिका हानिने सुरमा थिए । त्यो पनि रातो पासपोर्टको दुरुपयोग गरेर । स्रोतका अनुसार अमात्या हाईफाईका साथ रातो पासपोर्ट हल्लाउँदै एरपोर्ट पुगेका थिए । उनको गन्तव्य थियो अमेरिका । तर, अध्यागमन विभागले उनलाई घर फिर्ता पठायो । अध्यागमनका कर्मचारीसँग उनले हारगुहार नगरेका पनि होइनन् । तर, केही नलागेपछि पूर्व मान्यज्यू ...