काठमाण्डु, १२ पुस– व्यवस्थापिका संसदका सदस्य तथा त्यसका पदाधिकारीहरुले ‘पूर्व’ भएको एकसाताभित्र राज्यले दिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) लगायतका सरकारी सुविधा फिर्ता गर्नुपर्ने नियम छ । तर, हाम्रा सांसदहरुले भने अझैसम्म यस्ता सुविधा फिर्ता गरेका छैनन् । धेरैजसो सांसद रातो पासपोर्ट खल्तीमै बोकेर हिँडिरहेका छन् । तीमध्यकै एक हुन्, कांग्रेस ललितपुर सभापति एवं पूर्व सांसद मदनबहादुर अमात्या । यसअघि ललितपुर–३ बाट विजयी आमात्य यसपटक नराम्रोसँग पराजित भए । उनीमात्र होइन ललितपुरमा कांग्रेस निल भयो । यस्तोमा जिल्ला सभापतिको नाताले यसको केही दोष र आलोचना उनीमाथि थोपरिनु स्वभाविक हो । कार्यकर्ता र नेताबाट हारको समीक्षा माग भइरहेको छ । तर, अमात्या भने त्यसको बेवास्ता गरी सुटुक्क अमेरिका हानिने सुरमा थिए । त्यो पनि रातो पासपोर्टको दुरुपयोग गरेर । स्रोतका अनुसार अमात्या हाईफाईका साथ रातो पासपोर्ट हल्लाउँदै एरपोर्ट पुगेका थिए । उनको गन्तव्य थियो अमेरिका । तर, अध्यागमन विभागले उनलाई घर फिर्ता पठायो । अध्यागमनका कर्मचारीसँग उनले हारगुहार नगरेका पनि होइनन् । तर, केही नलागेपछि पूर्व मान्यज्यू एयरपोर्टमा बेइज्जत खेपेर घर फिर्ता भए । उनले अब खुरुखुरु रातो पासपोर्ट फिर्ता गर्छन् कि ?
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्...
Comments
Post a Comment