काठमाण्डु, १२ पुस– व्यवस्थापिका संसदका सदस्य तथा त्यसका पदाधिकारीहरुले ‘पूर्व’ भएको एकसाताभित्र राज्यले दिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) लगायतका सरकारी सुविधा फिर्ता गर्नुपर्ने नियम छ । तर, हाम्रा सांसदहरुले भने अझैसम्म यस्ता सुविधा फिर्ता गरेका छैनन् । धेरैजसो सांसद रातो पासपोर्ट खल्तीमै बोकेर हिँडिरहेका छन् । तीमध्यकै एक हुन्, कांग्रेस ललितपुर सभापति एवं पूर्व सांसद मदनबहादुर अमात्या । यसअघि ललितपुर–३ बाट विजयी आमात्य यसपटक नराम्रोसँग पराजित भए । उनीमात्र होइन ललितपुरमा कांग्रेस निल भयो । यस्तोमा जिल्ला सभापतिको नाताले यसको केही दोष र आलोचना उनीमाथि थोपरिनु स्वभाविक हो । कार्यकर्ता र नेताबाट हारको समीक्षा माग भइरहेको छ । तर, अमात्या भने त्यसको बेवास्ता गरी सुटुक्क अमेरिका हानिने सुरमा थिए । त्यो पनि रातो पासपोर्टको दुरुपयोग गरेर । स्रोतका अनुसार अमात्या हाईफाईका साथ रातो पासपोर्ट हल्लाउँदै एरपोर्ट पुगेका थिए । उनको गन्तव्य थियो अमेरिका । तर, अध्यागमन विभागले उनलाई घर फिर्ता पठायो । अध्यागमनका कर्मचारीसँग उनले हारगुहार नगरेका पनि होइनन् । तर, केही नलागेपछि पूर्व मान्यज्यू एयरपोर्टमा बेइज्जत खेपेर घर फिर्ता भए । उनले अब खुरुखुरु रातो पासपोर्ट फिर्ता गर्छन् कि ?
काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ । सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ । २०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ । काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्व...
Comments
Post a Comment