Skip to main content

Posts

Showing posts with the label News

उत्तर कोरिया युद्धको अन्तिम तयारीमा, छिमेकी देशहरु त्रासमा, उत्तर कोरियाको नजरमा सबैभन्दा पहिले हमला गर्ने ठाउँ….

धेरै मानिसहरुको ध्यान उत्तर कोरियाको आणविक महत्वाकांक्षा र विशेष गरि उसले अमेरिकासम्म मार हान्न सक्ने आणविक हतियार विकास गरिएको भनिएको माथि नै रहेको छ । तर छलफलहरुमा एक कुरा भने हराइरहेको छ । उसको आणविक क्षमता बाहेकको उसको बलियो सैन्य क्षमताको बारेमा भने कतै पनि चर्चा भएको पाँइदैन । आइतबार बिहान अमेरिकाको रक्ष सचिव जिम माटिसले भने उत्तर कोरियाको संकट समाधानको लागि गरिने कुनै पनि सैन्य समाधान धेरै नै वियोगान्त रुपले विश्वास नै गर्न नसकिने खालको क्षति हुनेछ । त्यसैले कुटनीतिक समाधान नै एकमात्र विकल्प हो । हामीलाई उत्तर कोरियाको सैन्य क्षमताको बारेमा के थाहा छ त ? निक बिस्ले, लाट्रोब एसियाको कार्यकारी निर्देशक र अष्ट्रेलियन जर्नल अफ इन्टरनेशनल अफेयर्सको प्रधान सम्पादक भन्छन् , उत्तर कोरियामा किम वंश पछि सेना दोेस्रो महत्वपूर्ण संस्था हो । देशको पुरै अर्थतन्त्र र देशको उद्धेश्य नै सेना बलियो बनाउने रहेकोले यस देशको सेनाको धेरै ठूलो क्षमता रहेको छ । साँढे दुई करोड जनसङ्ख्या भएको मानिने उत्तर कोरियाको सैन्य सङ्ख्या एसियाको दोस्रो ठूलो सेना हो चीनभन्दा पछि । कोरिया प्रोफेसर बिस्ले भ...

‘ताइवानलाई लिएर भारत आगोसँग खेल्दैछ’

पछिल्लो समझदारीबारे भारतीय कूटनीतिज्ञहरुको टिप्पणीलाई उद्धृत गर्दै उसले भारतको चर्को आलोचना गरेको छ। ग्लोबल टाइम्सले लेखेको छ, "भारतीय प्राज्ञहरुले पछिल्लो समझदारीलाई दुई देशबीचको आवश्यक राजनीतिक तथा रणनीतिक सम्बन्ध भनेका छन् जबकि ताइवानको प्रश्न कुनै सरकारी स्तरको मुद्दा होइन। कतिपय भारतीयहरुले मोदी सरकारलाई 'ताइवान कार्ड' प्रयोग गर्न सल्लाह दिइरहेका छन् जुन भारत-चीन सम्बन्धका लागि खतरनाक साबित हुन सक्छ।" "खासमा ताइवान कार्डको प्रयोग गर्दा भारत यो कुरा बिर्सन पुग्छ कि ऊ आफैँ कैयौँ संवेदनशील मुद्दाको सामना गरिरहेको छ, भारतले यो कुरा सम्झनुपर्छ कि आफ्नो चीन नीतिबारे लक्ष्मणरेखा पार गरे त्यसलाई उसले थेग्न सक्दैन।" उसले अगाडि लेखेको छ, "भारत ताइवानबाट लगानी आकर्षित गर्न लालायित छ तर ताइवानी राष्ट्रपति साइ यिङ-वेनका राजनीतिक उद्देश्यहरुलाई लिएर सतर्क रहन आवश्यक छ। दुई पक्षबीचको यो सम्बन्ध आर्थिकभन्दा राजनीतिक बढी छ।"

रानीपोखरी विवादः उपमेयर पुग्दा ताला लाग्यो, मेयरले तोडे

११ पुस, काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् । लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् । रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् । के भन्छन् मेयर र उपमेयर ? रानीपोखरी पुनर्निर्माणलाई लिएर मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् । उपमेयर खड्गीले मेयर शाक्यले आफूहरुसँग परामर्श नगरेको गुनासो मात्र गरिनन्, काम रोक्नु पर्ने मत राखिन् । ‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसा’बले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको...

प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु प्रकरण बारे डिआईजी रमेश खरेलको आयो एक्कासी यस्तो निर्णय,

काठमाडौं– कालिकोटमा प्रहरीको गोली लागेर एक म्यादी प्रहारीको मृत्यु भएको घटनाको छानबिनका लागि सरकारले टोली गठन गरेको छ। शुक्रबार प्रहरीसँगको झडपमा मयादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि गृहमन्त्रालयले शनिबार छानबिन समिति समेत गठन गरेको हो। गृहका सहसचिव डा. मान बहादुर बिश्वकर्मा संयोजकत्वमा गठीत छानबिन समितिमा समितिमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रबीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ छन्। समितिलाई एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुुझाउन म्याद दिइएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए। यसैगरी, गृहमन्त्रालयले ज्यान गुुमाएका म्यादी प्रहरीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। झडपमा घाइते भएकाहरुको समेत निशुल्क उपचार गर्ने निर्णय गृहले गरेको छ। सेवा सुविधाको विषयलाई लिएर शुक्रबार म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो।

यस्तो छ ओली–प्रचण्डबीचको खटपट

काठमाडौं । वाम गठबन्धनका दुई शीर्ष नेता एकस्अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए । सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए । दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद÷प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए । २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ । नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन् । तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन् । ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले भने । ५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल म...

नेपाली कांग्रेसका नेता डा. रामशरण महत फेरि अर्को ठुलो तनाव

काठमाडौं, ११ पुस । चुनाव हारेर तनावमा परेका नेपाली कांग्रेसका नेता डा. रामशरण महत पछिल्लो समय अर्को तनावमा परेका छन् । उनी निकट स्थानीय नेता यतिबेला प्रहरी खोरमा पुगेका छन् । चर्को दबाब दिंदा पनि स्थानीय नेतालाई छुटाउन नसक्दा उनी तनावमा परेका हुन् । मानव बेचबिखनको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का सुनबहादुर तामाङ महतनिकट भएको खुलेको छ । उनी पक्राउ परेपछि उनलाई छुटाउन महतले प्रहरीलाई दबाब दिएका छन् । सुनबहादुर यसता घिनलाग्दा व्यक्ति हुन् जसले गाउँको २ सय भन्दा धेरै चेलीलाई बम्बई तथा दिल्लीको कोठीमा पुर्याएर बिक्री गरिसकेका छन् । अहिले पनि उनले आफन्तमार्फत कोठी चलाइरहेका छन् । त्यही पैसाको आडमा उनी कांग्रेसको राजनीतिमा समेत आबद्ध छन् । अदालतले समेत उनलाई ६ वर्ष कैद सजाय सुनाइसकेको छ । फरार रहेकै अवस्थामा उनी वडाअध्यक्ष भए । पैसा र गुन्डागर्दीको भरमा चुनाव पनि जिते । दृष्टि साप्ताहिकमा खबर छ ।