Skip to main content

नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने

नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्त्रमा आर्थिक बर्षको शुरुमा अस्थायी गिरावट देखिएपनि भारतको अर्थतन्त्रले फ्रान्स र बेलायतको अर्थतन्त्रलाई यसैबर्ष भेट्न सफल भएको र अर्को बर्षको दुबै देशलाई उछिन्दै डलरको हिसाबमा विश्वको पाँचौ अर्थतन्त्रका रूपमा उदय हुने अनुसन्धान केन्द्रका उपाध्यक्ष डगलास म्याक विलियम्सले बताए। सस्तो उर्जा र डिजिटल प्रणालीमा ल्याएको परिवर्तनले विश्व आर्थिक विकासलाई माथि उठाएको उनको दावी छ। विश्व अर्थतन्त्रमा चीन, भारत, जापान लगायतको एसियाली मुलुकको आर्थिक विकास छिट्टै हावी हुन लागेको केन्द्रको निष्कर्ष रहेको छ। अहिलेसम्म विश्व अर्थतन्त्रमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडी रहेपनि यसलाई चीनले सन् २०३० सम्ममा उछिन्ने रिपोर्टले पूर्वानुमान गरेको छ। उक्तस्थानमा भारत पनि यस शताब्दीको दोस्रो भागको शुरुमा केही समय पुग्ने अनुमान रहेको छ। एएफ्पी

Comments

Popular posts from this blog

चिनको अर्को चमत्कार : जंगलै जंगलको हरियो शहर !

काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ । सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ । २०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ । काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्व...

उत्तर कोरिया युद्धको अन्तिम तयारीमा, छिमेकी देशहरु त्रासमा, उत्तर कोरियाको नजरमा सबैभन्दा पहिले हमला गर्ने ठाउँ….

धेरै मानिसहरुको ध्यान उत्तर कोरियाको आणविक महत्वाकांक्षा र विशेष गरि उसले अमेरिकासम्म मार हान्न सक्ने आणविक हतियार विकास गरिएको भनिएको माथि नै रहेको छ । तर छलफलहरुमा एक कुरा भने हराइरहेको छ । उसको आणविक क्षमता बाहेकको उसको बलियो सैन्य क्षमताको बारेमा भने कतै पनि चर्चा भएको पाँइदैन । आइतबार बिहान अमेरिकाको रक्ष सचिव जिम माटिसले भने उत्तर कोरियाको संकट समाधानको लागि गरिने कुनै पनि सैन्य समाधान धेरै नै वियोगान्त रुपले विश्वास नै गर्न नसकिने खालको क्षति हुनेछ । त्यसैले कुटनीतिक समाधान नै एकमात्र विकल्प हो । हामीलाई उत्तर कोरियाको सैन्य क्षमताको बारेमा के थाहा छ त ? निक बिस्ले, लाट्रोब एसियाको कार्यकारी निर्देशक र अष्ट्रेलियन जर्नल अफ इन्टरनेशनल अफेयर्सको प्रधान सम्पादक भन्छन् , उत्तर कोरियामा किम वंश पछि सेना दोेस्रो महत्वपूर्ण संस्था हो । देशको पुरै अर्थतन्त्र र देशको उद्धेश्य नै सेना बलियो बनाउने रहेकोले यस देशको सेनाको धेरै ठूलो क्षमता रहेको छ । साँढे दुई करोड जनसङ्ख्या भएको मानिने उत्तर कोरियाको सैन्य सङ्ख्या एसियाको दोस्रो ठूलो सेना हो चीनभन्दा पछि । कोरिया प्रोफेसर बिस्ले भ...

रानीपोखरी विवादः उपमेयर पुग्दा ताला लाग्यो, मेयरले तोडे

११ पुस, काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् । लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् । रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् । के भन्छन् मेयर र उपमेयर ? रानीपोखरी पुनर्निर्माणलाई लिएर मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् । उपमेयर खड्गीले मेयर शाक्यले आफूहरुसँग परामर्श नगरेको गुनासो मात्र गरिनन्, काम रोक्नु पर्ने मत राखिन् । ‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसा’बले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको...