११ पुस, काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् । लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् । रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् । के भन्छन् मेयर र उपमेयर ? रानीपोखरी पुनर्निर्माणलाई लिएर मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् । उपमेयर खड्गीले मेयर शाक्यले आफूहरुसँग परामर्श नगरेको गुनासो मात्र गरिनन्, काम रोक्नु पर्ने मत राखिन् । ‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसा’बले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको ठूलो भीड भने त्यहाँ जम्मा भएको देखेको थिएँ ।’ उनले रानीपोखरीजस्तो सम्पदामा क्रंक्रिट प्रयोग गर्न नहुने दोहोर्याइन् । क्रंक्रिट प्रयोग गर्न पुरातत्व विभागले स्वीकृति नदिएको भन्दै उनले सम्पदाविदहरुको राय अनुसार अघि बढ्नु पर्ने बताउँछिन् । मेयर शाक्यले भने आफूहरु निर्वाचित भएर आउनु अघि नै रानीपोखरीको काम भइरहेकाले आफूलाई मात्र दोष नदिन आग्रह गरे । आरोप प्रत्यारोप गरेर मात्र नहुने भन्दै उनले पुनर्निर्माण प्राधिकरण लगायत छलफल गरेर अघि बढ्न आफू तयार रहेको बताए ।
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्...
Comments
Post a Comment