पछिल्लो समझदारीबारे भारतीय कूटनीतिज्ञहरुको टिप्पणीलाई उद्धृत गर्दै उसले भारतको चर्को आलोचना गरेको छ। ग्लोबल टाइम्सले लेखेको छ, "भारतीय प्राज्ञहरुले पछिल्लो समझदारीलाई दुई देशबीचको आवश्यक राजनीतिक तथा रणनीतिक सम्बन्ध भनेका छन् जबकि ताइवानको प्रश्न कुनै सरकारी स्तरको मुद्दा होइन। कतिपय भारतीयहरुले मोदी सरकारलाई 'ताइवान कार्ड' प्रयोग गर्न सल्लाह दिइरहेका छन् जुन भारत-चीन सम्बन्धका लागि खतरनाक साबित हुन सक्छ।" "खासमा ताइवान कार्डको प्रयोग गर्दा भारत यो कुरा बिर्सन पुग्छ कि ऊ आफैँ कैयौँ संवेदनशील मुद्दाको सामना गरिरहेको छ, भारतले यो कुरा सम्झनुपर्छ कि आफ्नो चीन नीतिबारे लक्ष्मणरेखा पार गरे त्यसलाई उसले थेग्न सक्दैन।" उसले अगाडि लेखेको छ, "भारत ताइवानबाट लगानी आकर्षित गर्न लालायित छ तर ताइवानी राष्ट्रपति साइ यिङ-वेनका राजनीतिक उद्देश्यहरुलाई लिएर सतर्क रहन आवश्यक छ। दुई पक्षबीचको यो सम्बन्ध आर्थिकभन्दा राजनीतिक बढी छ।"
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्...
Comments
Post a Comment