Skip to main content

Posts

यस्तो छ ओली–प्रचण्डबीचको खटपट

काठमाडौं । वाम गठबन्धनका दुई शीर्ष नेता एकस्अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए । सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए । दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद÷प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए । २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ । नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन् । तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन् । ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले भने । ५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल म...

नेपाली कांग्रेसका नेता डा. रामशरण महत फेरि अर्को ठुलो तनाव

काठमाडौं, ११ पुस । चुनाव हारेर तनावमा परेका नेपाली कांग्रेसका नेता डा. रामशरण महत पछिल्लो समय अर्को तनावमा परेका छन् । उनी निकट स्थानीय नेता यतिबेला प्रहरी खोरमा पुगेका छन् । चर्को दबाब दिंदा पनि स्थानीय नेतालाई छुटाउन नसक्दा उनी तनावमा परेका हुन् । मानव बेचबिखनको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का सुनबहादुर तामाङ महतनिकट भएको खुलेको छ । उनी पक्राउ परेपछि उनलाई छुटाउन महतले प्रहरीलाई दबाब दिएका छन् । सुनबहादुर यसता घिनलाग्दा व्यक्ति हुन् जसले गाउँको २ सय भन्दा धेरै चेलीलाई बम्बई तथा दिल्लीको कोठीमा पुर्याएर बिक्री गरिसकेका छन् । अहिले पनि उनले आफन्तमार्फत कोठी चलाइरहेका छन् । त्यही पैसाको आडमा उनी कांग्रेसको राजनीतिमा समेत आबद्ध छन् । अदालतले समेत उनलाई ६ वर्ष कैद सजाय सुनाइसकेको छ । फरार रहेकै अवस्थामा उनी वडाअध्यक्ष भए । पैसा र गुन्डागर्दीको भरमा चुनाव पनि जिते । दृष्टि साप्ताहिकमा खबर छ ।