काठमाडौं, ११ पुस । चुनाव हारेर तनावमा परेका नेपाली कांग्रेसका नेता डा. रामशरण महत पछिल्लो समय अर्को तनावमा परेका छन् । उनी निकट स्थानीय नेता यतिबेला प्रहरी खोरमा पुगेका छन् । चर्को दबाब दिंदा पनि स्थानीय नेतालाई छुटाउन नसक्दा उनी तनावमा परेका हुन् । मानव बेचबिखनको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का सुनबहादुर तामाङ महतनिकट भएको खुलेको छ । उनी पक्राउ परेपछि उनलाई छुटाउन महतले प्रहरीलाई दबाब दिएका छन् । सुनबहादुर यसता घिनलाग्दा व्यक्ति हुन् जसले गाउँको २ सय भन्दा धेरै चेलीलाई बम्बई तथा दिल्लीको कोठीमा पुर्याएर बिक्री गरिसकेका छन् । अहिले पनि उनले आफन्तमार्फत कोठी चलाइरहेका छन् । त्यही पैसाको आडमा उनी कांग्रेसको राजनीतिमा समेत आबद्ध छन् । अदालतले समेत उनलाई ६ वर्ष कैद सजाय सुनाइसकेको छ । फरार रहेकै अवस्थामा उनी वडाअध्यक्ष भए । पैसा र गुन्डागर्दीको भरमा चुनाव पनि जिते । दृष्टि साप्ताहिकमा खबर छ ।
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्...
Comments
Post a Comment