Skip to main content

यस्तो छ ओली–प्रचण्डबीचको खटपट

काठमाडौं । वाम गठबन्धनका दुई शीर्ष नेता एकस्अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए । सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए । दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद÷प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए । २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ । नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन् । तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन् । ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले भने । ५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल मंगलबार काठमाडौं आएसँगै दुई नेताबीच ‘वान टु वान’ छलफल हुने बताइए पनि छलफल हुन सकेन । न त नेताहरूले छलफलको मिति र समय नै निर्धारण गरिसकेका छन् । जसले गर्दा पनि एमालेस्माओवादी बीचको पार्टी एकतामा खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ । तर, दाहालको निजी सचिवालयले दुई पार्टीबीचको एकतामा शंका गर्ने कुनै ठाउँ नरहेका कारण तरंगित भइरहनु नपर्ने प्रतिक्रिया दिएको छ । दुई पार्टीका शीर्ष नेताको अभिव्यक्ति, दोस्रो तहका नेताहरूको पार्टी एकताका लागि दबाब बढाउन भइरहेको दौडधुप र गृहकार्य हेर्दा एमालेस्माओवादीका अध्यक्षबीच अहिले केही आशंकाले घर गरेको छ । त्यसैको प्रत्युत्तर जवाफमा दाहाल गृहजिल्ला चितवन पुगेर ५ दिन बसिदिने, आलोपालो सरकारको नेतृत्वमा सहमति भएको खुलासा गर्नेदेखि एमालेले माओवादीभन्दा पहिले उपेन्द्रसँग सरकार गठनका लागि छलफल गरेको जस्ता ओलीलाई सशंकित बनाउने अभिव्यक्ति दिएका थिए । यता, ओलीले दाहालले आलोपालो सरकारको नेतृत्वमा दिएको अभिव्यक्तिदेखि आफ्नै पार्टी नेता माधव नेपाल पक्षसँग दाहालले बढाएको बाक्लो हिमचिममा आफ्नो असन्तुष्टि रहेको एक कार्यक्रममा पोखेपछि दुवै पक्ष एकस्अर्कासँग सशंकित हुन थालेका छन् । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने भनेजस्तो अहिले ओलीस्प्रचण्ड एकअर्कोका सामान्य अभिव्यक्ति र गतिविधिलाई आशंका गर्ने र तरंगित हुने गर्न थाल्नुभएको छ’, माओवादीका एक नेताले भने, ‘पार्टी एकताबाट कोही पनि पछाडि हट्न सक्ने अवस्था छैन तर केही आशंका जन्माइदिएको छ, यो हटाउने प्रयास जारी छ ।’ दाहाल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ओलीले निर्वाचन आयोगले समानुपातिक तर्फको पूर्ण परिणाम नै सार्वजनिक नहुँदै दिएको महत्व देखेर झस्किएका छन् ।

Comments

Popular posts from this blog

चिनको अर्को चमत्कार : जंगलै जंगलको हरियो शहर !

काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ । सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ । २०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ । काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्व...

उत्तर कोरिया युद्धको अन्तिम तयारीमा, छिमेकी देशहरु त्रासमा, उत्तर कोरियाको नजरमा सबैभन्दा पहिले हमला गर्ने ठाउँ….

धेरै मानिसहरुको ध्यान उत्तर कोरियाको आणविक महत्वाकांक्षा र विशेष गरि उसले अमेरिकासम्म मार हान्न सक्ने आणविक हतियार विकास गरिएको भनिएको माथि नै रहेको छ । तर छलफलहरुमा एक कुरा भने हराइरहेको छ । उसको आणविक क्षमता बाहेकको उसको बलियो सैन्य क्षमताको बारेमा भने कतै पनि चर्चा भएको पाँइदैन । आइतबार बिहान अमेरिकाको रक्ष सचिव जिम माटिसले भने उत्तर कोरियाको संकट समाधानको लागि गरिने कुनै पनि सैन्य समाधान धेरै नै वियोगान्त रुपले विश्वास नै गर्न नसकिने खालको क्षति हुनेछ । त्यसैले कुटनीतिक समाधान नै एकमात्र विकल्प हो । हामीलाई उत्तर कोरियाको सैन्य क्षमताको बारेमा के थाहा छ त ? निक बिस्ले, लाट्रोब एसियाको कार्यकारी निर्देशक र अष्ट्रेलियन जर्नल अफ इन्टरनेशनल अफेयर्सको प्रधान सम्पादक भन्छन् , उत्तर कोरियामा किम वंश पछि सेना दोेस्रो महत्वपूर्ण संस्था हो । देशको पुरै अर्थतन्त्र र देशको उद्धेश्य नै सेना बलियो बनाउने रहेकोले यस देशको सेनाको धेरै ठूलो क्षमता रहेको छ । साँढे दुई करोड जनसङ्ख्या भएको मानिने उत्तर कोरियाको सैन्य सङ्ख्या एसियाको दोस्रो ठूलो सेना हो चीनभन्दा पछि । कोरिया प्रोफेसर बिस्ले भ...

रानीपोखरी विवादः उपमेयर पुग्दा ताला लाग्यो, मेयरले तोडे

११ पुस, काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् । लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् । रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् । के भन्छन् मेयर र उपमेयर ? रानीपोखरी पुनर्निर्माणलाई लिएर मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् । उपमेयर खड्गीले मेयर शाक्यले आफूहरुसँग परामर्श नगरेको गुनासो मात्र गरिनन्, काम रोक्नु पर्ने मत राखिन् । ‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसा’बले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको...