काठमाडौं । वाम गठबन्धनका दुई शीर्ष नेता एकस्अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए । सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए । दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद÷प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए । २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ । नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन् । तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन् । ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले भने । ५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल मंगलबार काठमाडौं आएसँगै दुई नेताबीच ‘वान टु वान’ छलफल हुने बताइए पनि छलफल हुन सकेन । न त नेताहरूले छलफलको मिति र समय नै निर्धारण गरिसकेका छन् । जसले गर्दा पनि एमालेस्माओवादी बीचको पार्टी एकतामा खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ । तर, दाहालको निजी सचिवालयले दुई पार्टीबीचको एकतामा शंका गर्ने कुनै ठाउँ नरहेका कारण तरंगित भइरहनु नपर्ने प्रतिक्रिया दिएको छ । दुई पार्टीका शीर्ष नेताको अभिव्यक्ति, दोस्रो तहका नेताहरूको पार्टी एकताका लागि दबाब बढाउन भइरहेको दौडधुप र गृहकार्य हेर्दा एमालेस्माओवादीका अध्यक्षबीच अहिले केही आशंकाले घर गरेको छ । त्यसैको प्रत्युत्तर जवाफमा दाहाल गृहजिल्ला चितवन पुगेर ५ दिन बसिदिने, आलोपालो सरकारको नेतृत्वमा सहमति भएको खुलासा गर्नेदेखि एमालेले माओवादीभन्दा पहिले उपेन्द्रसँग सरकार गठनका लागि छलफल गरेको जस्ता ओलीलाई सशंकित बनाउने अभिव्यक्ति दिएका थिए । यता, ओलीले दाहालले आलोपालो सरकारको नेतृत्वमा दिएको अभिव्यक्तिदेखि आफ्नै पार्टी नेता माधव नेपाल पक्षसँग दाहालले बढाएको बाक्लो हिमचिममा आफ्नो असन्तुष्टि रहेको एक कार्यक्रममा पोखेपछि दुवै पक्ष एकस्अर्कासँग सशंकित हुन थालेका छन् । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने भनेजस्तो अहिले ओलीस्प्रचण्ड एकअर्कोका सामान्य अभिव्यक्ति र गतिविधिलाई आशंका गर्ने र तरंगित हुने गर्न थाल्नुभएको छ’, माओवादीका एक नेताले भने, ‘पार्टी एकताबाट कोही पनि पछाडि हट्न सक्ने अवस्था छैन तर केही आशंका जन्माइदिएको छ, यो हटाउने प्रयास जारी छ ।’ दाहाल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ओलीले निर्वाचन आयोगले समानुपातिक तर्फको पूर्ण परिणाम नै सार्वजनिक नहुँदै दिएको महत्व देखेर झस्किएका छन् ।
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्...
Comments
Post a Comment