काठमाडौं– कालिकोटमा प्रहरीको गोली लागेर एक म्यादी प्रहारीको मृत्यु भएको घटनाको छानबिनका लागि सरकारले टोली गठन गरेको छ। शुक्रबार प्रहरीसँगको झडपमा मयादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि गृहमन्त्रालयले शनिबार छानबिन समिति समेत गठन गरेको हो। गृहका सहसचिव डा. मान बहादुर बिश्वकर्मा संयोजकत्वमा गठीत छानबिन समितिमा समितिमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रबीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ छन्। समितिलाई एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुुझाउन म्याद दिइएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए। यसैगरी, गृहमन्त्रालयले ज्यान गुुमाएका म्यादी प्रहरीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। झडपमा घाइते भएकाहरुको समेत निशुल्क उपचार गर्ने निर्णय गृहले गरेको छ। सेवा सुविधाको विषयलाई लिएर शुक्रबार म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो।
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने
नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्...
Comments
Post a Comment