काठमाडौं– कालिकोटमा प्रहरीको गोली लागेर एक म्यादी प्रहारीको मृत्यु भएको घटनाको छानबिनका लागि सरकारले टोली गठन गरेको छ। शुक्रबार प्रहरीसँगको झडपमा मयादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि गृहमन्त्रालयले शनिबार छानबिन समिति समेत गठन गरेको हो। गृहका सहसचिव डा. मान बहादुर बिश्वकर्मा संयोजकत्वमा गठीत छानबिन समितिमा समितिमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रबीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ छन्। समितिलाई एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुुझाउन म्याद दिइएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए। यसैगरी, गृहमन्त्रालयले ज्यान गुुमाएका म्यादी प्रहरीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। झडपमा घाइते भएकाहरुको समेत निशुल्क उपचार गर्ने निर्णय गृहले गरेको छ। सेवा सुविधाको विषयलाई लिएर शुक्रबार म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो।
काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ । सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ । २०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ । काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्व...
Comments
Post a Comment