Skip to main content

उत्तर कोरिया युद्धको अन्तिम तयारीमा, छिमेकी देशहरु त्रासमा, उत्तर कोरियाको नजरमा सबैभन्दा पहिले हमला गर्ने ठाउँ….

धेरै मानिसहरुको ध्यान उत्तर कोरियाको आणविक महत्वाकांक्षा र विशेष गरि उसले अमेरिकासम्म मार हान्न सक्ने आणविक हतियार विकास गरिएको भनिएको माथि नै रहेको छ । तर छलफलहरुमा एक कुरा भने हराइरहेको छ । उसको आणविक क्षमता बाहेकको उसको बलियो सैन्य क्षमताको बारेमा भने कतै पनि चर्चा भएको पाँइदैन । आइतबार बिहान अमेरिकाको रक्ष सचिव जिम माटिसले भने उत्तर कोरियाको संकट समाधानको लागि गरिने कुनै पनि सैन्य समाधान धेरै नै वियोगान्त रुपले विश्वास नै गर्न नसकिने खालको क्षति हुनेछ । त्यसैले कुटनीतिक समाधान नै एकमात्र विकल्प हो । हामीलाई उत्तर कोरियाको सैन्य क्षमताको बारेमा के थाहा छ त ? निक बिस्ले, लाट्रोब एसियाको कार्यकारी निर्देशक र अष्ट्रेलियन जर्नल अफ इन्टरनेशनल अफेयर्सको प्रधान सम्पादक भन्छन् , उत्तर कोरियामा किम वंश पछि सेना दोेस्रो महत्वपूर्ण संस्था हो । देशको पुरै अर्थतन्त्र र देशको उद्धेश्य नै सेना बलियो बनाउने रहेकोले यस देशको सेनाको धेरै ठूलो क्षमता रहेको छ । साँढे दुई करोड जनसङ्ख्या भएको मानिने उत्तर कोरियाको सैन्य सङ्ख्या एसियाको दोस्रो ठूलो सेना हो चीनभन्दा पछि । कोरिया प्रोफेसर बिस्ले भन्छन् उसको सक्रिय सेना करिब १२ लाखको सङ्ख्यामा रहेका छन् र त्यसका दुई तिहाई सेनाहरु उत्तर र दक्षिण कोरियाको सिमामा रहेको डिमिलिटराइज्ड जोनको केही किलोमिटरको घेरामा मात्रै बसेका छन् । अर्को शब्दमा उनीहरु दक्षिण कोरियाको ढोकैमा बसेका छन् र उसको राजधानी सियोल नजिकै छन् उनीहरुले त्यहाँ बन्दुक ताकिरहेका छन् । उनीहरुले दक्षिण कोरियालाई के गर्न सक्छन् ? उत्तर कोरियासँग विशाल सैन्य क्षमता रहेको छ जो एक करोड जनसङ्ख्या भएको सियोल लक्षित गरेर राखिएको छ । यो डिमिलिटराइज्ड जोन भन्दा एक घन्टा भन्दा कम दुरीमा रहेको छ । ‘यदि तपाईले गुगलमा उत्तर कोरियाको प्रत्यक्ष सैन्य फायर अभ्यासको केही प्रोपोगान्डा भिडियोहरु हेर्नुभयो भने पनि तपाईले त्यसको मात्रा थाहा पाउन सक्नुहुन्छ’, बिस्लेले भने । यसलाई ठाडै भन्नुपर्दा उनीहरुसँग सियोललाई छिट्टै नै ध्वस्त गर्न सक्ने क्षमता रहेको छ । हामी उनीहरुको अत्याधुनिक हतियारहरु को बारेमा कुरा गरिरहेका छैनौं । यो मात्रै परम्परागत सैन्य शक्तिको हो । यो अहिलेको जस्तो शक्तिशाली युद्ध हतियारहरुको बारेमा हैन् । प्राध्यापक बिस्लेले भने । यद्यपी धेरै पर्यवेक्षकहरुले यो विश्वास गर्छन यदि उत्तर कोरियाको सैन्य फायरले यत्ति शक्ति प्रवाह गर्न सक्छ त्यो त्यति भयानक प्रवाह गर्न सक्छ त्यसको असर एक प्रकारको आणविक आक्रमणले जति विनाश गर्न सक्छ रेडियसनलाई घटाइदिने हो भने । त्यसैगरि प्राध्यापक बिस्लले भन्छन्,‘ उत्तर कोरिया डिमिलिटराइज्ड जोन पार गरेर दक्षिण तिर प्रवेश गर्छन भन्नेमा प्रश्न नै छैन् ।’ त्यहाँ धेरै सुरुङ सञ्जालहरु रहेका छन् जसको माध्यमबाट उत्तर कोरियाली सेनाहरु दक्षिण प्रवेश गर्न सक्छन् । यदि उनीहरु त्यसरी प्रवेश गरे भने दशौं लाख मानिसको मृत्यु हुन् सक्छ ।

Comments

Popular posts from this blog

रानीपोखरी विवादः उपमेयर पुग्दा ताला लाग्यो, मेयरले तोडे

११ पुस, काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् । लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् । रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् । के भन्छन् मेयर र उपमेयर ? रानीपोखरी पुनर्निर्माणलाई लिएर मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् । उपमेयर खड्गीले मेयर शाक्यले आफूहरुसँग परामर्श नगरेको गुनासो मात्र गरिनन्, काम रोक्नु पर्ने मत राखिन् । ‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसा’बले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको...

चिनको अर्को चमत्कार : जंगलै जंगलको हरियो शहर !

काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ । सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ । २०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ । काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ । भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ । त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्व...

नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने

नयाँ दिल्ली, भारत। भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी बार्षिक प्रतिवेदनमा जनाइएको छ। त्यसैगरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु-याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ। भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछिका तीन बर्षमा भारतीय अर्थतन्त्रले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा तीन बर्षकै निम्न आर्थिक उपलव्धि हाँसिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि सो कमी आएको थियो। आर्थिक विकास दरमा निर्णयपछिका तीन महिनामा ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो। अर्थतन्...